यस्तो छ प्रहरीले दाबी गरेको युरेनियमको वास्तविकता | Khabarhub Khabarhub

यस्तो छ प्रहरीले दाबी गरेको युरेनियमको वास्तविकता


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको साढे २ किलो धातु युरेनियम– २३८ अर्थात युरेनियमको कच्चा पदार्थ नै भएको देखिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसार उक्त धातु युरेनियम– २३८ भएको पुष्टि भएको हो ।

नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले खबरहबसँग भने, ‘परीक्षणका लागि भन्दै प्रहरीले हामीलाई धुलो पठाएको थियो । त्यो धुलोबाट उत्सर्जित विकिरणलाई अध्ययन गर्दा युरेनियम – २३८ (कच्च पदार्थ) भएको खुल्यो ।’

डा. ढुंगेलका अनुसार युरेनियम– २३८ लाई नै प्रशोधन गरेर पूर्णरूपमा युरेनियम– २३५ बनाइन्छ ।

तर नास्टले अहिले यसलाई विकिरण पद्धतिबाट मात्रै परीक्षण गरेकाले त्यो धुलोमा युरेनियमको मात्रा कति छ भन्ने बारेमा भने खुलेको छैन ।

डा. ढुंगेलले भने, ‘अहिले विकिरण पद्धतिबाट मात्र परिक्षण भएको छ त्यसबाट युरेनियम देखिए पनि कति मात्रामा छ भन्नलाई केमिकल माध्यमबाट पनि परीक्षण गर्नुपर्छ । त्यसपछि मात्र खुल्छ ।’

प्रवक्ता ढुंगेलका अनुसार प्रहरीलाई उनीहरुले पठाएको स्याम्पलमा परीक्षण गरी युरेनियम–२३८ रहेको भनी नास्टले पत्र समेत पठाइसकेको छ । यता प्रहरीले भने उक्त धातुको बारेमा थप परीक्षण भइरहेको बताएको छ ।

प्रहरीले गत शुक्रबार उक्त धातुसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।

यो पनि पढौँ

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ४३ बजे

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई

कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका

बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाउँछौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त