दोस्रो टी-ट्वान्टीमा भारतको जित | Khabarhub Khabarhub

दोस्रो टी-ट्वान्टीमा भारतको जित


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इंग्ल्यान्डविरूद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टिम भारत विजयी भएको छ ।

अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलमै अर्धशतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

कप्तान कोहली ७३ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै ऋषव पन्तले २६ रन जोड्दा केएल राहुल सुन्य रनमा आउट भए । श्रेयस एयरले अविजित ८ रन बनाए ।

इंग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

इंग्ल्यान्डका जासन रोयले सर्वाधिक ४८ रन बनाए । कप्तान इयान मोर्गन २८ रनमा आउट भए । बेन स्टोक्स र डाविड मालनले समान २४/२४ रन बनाउँदा जोनी बेयर्स्टोले २० रन बनाए ।

भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २/२ विकेट लिए । युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

भारतको जितसँगै ५ खेलको सिरिजमा १-१ को बराबरीमा पुगेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ३८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर