पोस्तकको कथा सङ्ग्रह 'मुन्नी' सार्वजनिक | Khabarhub Khabarhub

पोस्तकको कथा सङ्ग्रह ‘मुन्नी’ सार्वजनिक


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोस्तक श्रेष्ठको कथा सङ्ग्रह ‘मुन्नी’ सार्वजनिक गरिएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका श्रेष्ठले सामाजिक कथा समेटेर सङ्ग्रह बजारमा ल्याएका हुन् । लिपि बुक्सले बजारमा ल्याएको कथा संग्रहमा २२ वटा कथा छन् ।

सङ्ग्रहमा समावेश कथाहरुले समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेका छन् ।

‘अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन्। किनकि एउटा लेखक कुनै पनि विषयमा तटस्थ हुन सक्दैन’, लेखक श्रेष्ठले भने ।

‘कथामा सामाजिक विषयहरु अटाएको छु, जहाँ प्रेम,युद्द,राजनीति तथा सामाजिक विषय छन्,’ उनले भने ।

पत्रपत्रिका, कथा तथा कविताका माध्यमबाट पाठकमाझ उपस्थिति देखाएका श्रेष्ठका कथाहरू कथामात्र नभएर समाजका बिम्ब भएको प्रकाशक अर्जुन अधिकारीले बताए ।

श्रेष्ठले लेखेका फरक धारका कथाले पाठकलाई कथाप्रति मान्छेको रुचि राख्ने पनि अधिकारीले बताए ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ३ : ०३ बजे

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको