सेवा छिटो र प्रभावकारी बनाउन सरकारले सुरु गर्‍यो 'नागरिक एप' | Khabarhub Khabarhub

सेवा छिटो र प्रभावकारी बनाउन सरकारले सुरु गर्‍यो ‘नागरिक एप’


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप सार्वजनिक गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिको उच्चतम् प्रयोगलाई व्यापकता गराउँदै सरकारले नयाँ एप्सको विकास र नमूना परीक्षण शुरु गरेको छ ।

उक्त एप्समा नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एकको नम्बरलाई आफ्नो नाममा रहेको मोबाइलबाट एक ‘क्लिक’ गरेपछि त्यहाँबाट आफ्ना सबै विवरण स्वतः प्राप्त हुनेछ र त्यसैका आधारमा सम्बन्धित कार्यालय तथा सेवासँग सिधै पहुँच स्थापित हुनेछ ।

यो नयाँ कार्यक्रमले नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने लक्ष्य लिएको छ ।

नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

विगतका कतिपय कार्यालयले प्रविधिको प्रयोग गरी केही अभ्यास नगरेको होइन तर त्यो अलि प्रभावकारी नभएको गुनासो आइरहेका बेला सरकारले अझै उच्चस्तरको प्रविधिको प्रयोग गरी कागजात बोक्ने र लाइन बस्ने झन्झटको अन्त्य गर्ने पहलका रुपमा सो एप्सको कार्यक्रम ल्याएको हो ।

अब आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्रजस्ता कागजात साथमा बोकेर हिडिरहनु पर्ने झन्झट हुँदैन । एप्समा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखानम्बर (प्यान) प्राप्त गर्ने प्रक्रिया थाल्न सकिन्छ ।

हाल गृह मन्त्रालममा दुई करोड १५ लाख नागरिकताको डिजिटल विवरण भण्डार भइसकेको छ । मतदाता परिचयपत्रका आधारमा औँठा छाप र फोटोसहित एक करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगसँग छ । झण्डै ६५ लाख बढी नागरिकको राहदानीको विवरण परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागमा सुरक्षित छ । यी तीनै स्थानमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

सरकारले २०७६ कात्तिक ५ गते मूलुकको आर्थिक रुपान्तरण र समृद्धिमा सूचना प्रविधिका माध्यमबाट सघाउन ल्याएको ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याएपछि यो एप्स यस क्षेत्रमा एक महत्वपूर्ण कडी मानिएको छ । समय सापेक्ष सूचना प्रविधिको प्रयोगमार्फत् विभिन्न सेवा क्षेत्र र निकायका कार्यान्वयनको कार्यायोजना समेटिएको उक्त फ्रेमवर्क (कार्यढाँचा) मन्त्रिपरिषद्को २०७६ कात्तिक ५ गतेको बैठकले पारित गरेको थियो ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि ‘एन्ड्रोइड’ मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एक स्टोरबाट सो एप डाउनलोड गर्न सक्नेछन् । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिनेछ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : ५० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत