दक्षिण कोरियाबाट फर्केर माछा पालन | Khabarhub Khabarhub

दक्षिण कोरियाबाट फर्केर माछा पालन


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बिताए । कामदारको रूपमा कोरिया पुगेका पुनलाई कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाइले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो भोगाई र सिकाइ भयो ।

१४ वर्ष कोरियामा श्रम गरेर फर्किएका पुनले नेपाल फर्केर माछा पाल्न थालेका छन् । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गा भाडामा लिएर माछा तथा कृषि फर्म सञ्चालन गरेका हुन । ६० वर्षीय पुनको दिनचार्य कृषिफर्ममा बित्ने गरेको छ ।

करिब ४५ लाख रुपैयाँ लगानी गरेर फर्म सञ्चालन गरेको पुनले जानकारी दिए । फर्म सञ्चालनको सुरुवात समुहगत रूपमा भए पनि अहिले एक्लै गरेका छन् । विगत चार वर्षदेखि फर्म सञ्चालनमा छ ।

तीनवटा माछा पोखरीमा ग्रास, कमन कार्व, सिल्भर कार्व गरी पाँच किसिमका माछा पालेका छन् । निषेधाज्ञाको समयमा ५० हजार भुरा माछा पोखरीमा हालेको पुनले बताए । ‘माछा उत्पादन राम्रो थियो’, उनले भने, ‘बजार उकालो लाग्ने बेला कोरोनाले असर गर्‍यो ।’

परिवारका अन्य सदस्यलाई आफ्नै देशमा उद्यमी बन्न प्रेरणा दिने लक्ष्यका साथ कृषी कर्मका लागेको पुनले बताए । मासिक ५० हजारको माछा बिक्री हुन्छ ।

‘विदेशको दुःख जे भोग्नु मैले भोगे’, उनले भने, ‘अब कामको लागी कुनै पनि सदस्य विदेश जानु नपरोस् भन्ने उद्देश्य छ ।’ पुनले स्थानीय जातको कुखुरा, बट्टाई चरा, हाँससमेत व्यावसायिक रूपमा पालेका छन् । कालीगण्डकी किनारमा रहेको कृषि फर्ममा आफ्नो उत्पादनको बजारीकरण गर्न रिसोर्ट सञ्चालनको तयारी गरेको उनले बताए । माछा पारखीहरू फर्ममै किन्न जाने गर्छन् । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ८ : ४५ बजे

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न राष्ट्रपति पुटिनको आदेश

काठमाडौं– रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको

सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेपका एमाले