रुकुमका किसानलाई दसैँले छोएन | Khabarhub Khabarhub

रुकुमका किसानलाई दसैँले छोएन


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– दसैँ छिटो परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरू खेतबारीमै व्यस्त छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरू खेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए ।

अघिल्लो वर्ष अलि पछि दसैँ परेका कारण सबै खेतीपाती सकेर आरामका साथ मनाउन पाइएको थियो । अहिले अगाडि परेका कारण कामको चापसँगै दसैँ खेतबारीमै मनाउने परेको बाध्यता उनले सुनाए । धान भित्र्याएसँगै खेत जोतेर गहुँ लगाउने र मकै भित्र्याएपछि खाली भएको जग्गामा गहुँ , तोरी , अन्य तरकारी बाली लगाउनु पर्ने भएकाले कृषकहरू खेतबारीमा व्यस्त हुने गरेका छन् ।

अहिले खेतबारीमा ढिला गरेमा जग्गामा भएको ओसिलोपन हराएमा अर्को बाली लगाउन मुस्किल हुने भन्दै आफूहरु खेतबारीमा व्यस्त भएको बारेकोट गाउँपालिका ५ का मनबहादुर सिंहले बताए । मौसमसमेत राम्रो भएकाले अन्नबाली भित्र्याउन सजिलो भएको उनको भनाइ छ ।

वर्ष भरी खाने अन्नलाई राम्रोसँग भित्र्याउन सकिएन भने त्यसको असर अर्को वर्ष दिनसम्म पर्ने भएकाले काममा लाग्नु परेको सिंहको भनाइ छ ।

अन्य ठाउँमा प्राविधिको प्रयोग गरेर छिटो भएपनि जाजरकोट, रुकुम र डोल्पाको तल्लो क्षेत्रमा गोरुद्धारा जोत्ने , अन्नबाली माडेर निकाल्ने काम हुने गर्दछ । जिल्लाका सबैभन्दा बढी धान उत्पादन हुने दल्ली , कार्यखेत , मैदे रुकुम पश्चिमको चौरजहारी , खोलागाउँ , राडी माझमी लगाएका ठाउँमा अहिले धान बाली भित्र्याउन निकै हैरान भएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : २० बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण