माओवादी केन्द्रको विधान पारित (भिडियोसहित) | Khabarhub Khabarhub

माओवादी केन्द्रको विधान पारित (भिडियोसहित)


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको विधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ ।

बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउन जिम्म दिएको महराले बताए । त्यस्तै बैठकले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

हेरौँ भिडियो

माओवादीले पार्टीका केन्द्रीय आयोगहरुलाई २५ सदस्यीय तथा विभागहरु ३५ हुने व्यवस्था पनि निर्धारण गरेको छ । माओवादीले आयोग तथा विभागमा रहने नेताहरुको सिफारिस गर्न सुझावहरु संकलन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ०८ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै