कांग्रेस बैठक : महाधिवेशनको नयाँ मिति सर्वसम्मतिमै टुंग्याउन सुझाव | Khabarhub Khabarhub

कांग्रेस बैठक : महाधिवेशनको नयाँ मिति सर्वसम्मतिमै टुंग्याउन सुझाव


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सर्वसम्मतिमै महाधिवेशनको नयाँ कार्यतालिकाको टुङ्गो लगाउने जनाएको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाका विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि परिमार्जित कार्यतालिका पेश हुने तथा सर्वसम्मतले पारित हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

१४ औं महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा सदस्यहरुले आफ्नो धारणा राखिरहेको उनले बताए । त्यस्तै महाधिवेशन निर्वाचन निर्देशिकाको विषयमा पनि धारणा राख्ने क्रम जारी रहेको र यसलाई पनि आवश्यक परिमार्जन गरिने शर्माले बताए ।

बैठकमा सदस्यहरुले अफगानस्तानको घटनाक्रमले नेपाली कामदारलाई पर्नसक्ने असर, बेलायती भूतपूर्व गौर्खा सैनिकको विषय, ईपीएस परीक्षा पास गरेर कोरिया जान नपाएका नेपाली युवालगायतका विषयमा पनि प्रधानमन्त्री समेत रहेका सभापति देउवाको ध्यानाकर्षण गराइएको प्रवक्ता शर्माले जानकारी दिए ।

उनले आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा दिँदै गर्दा उठाएका विषयलाई पनि सम्बोधन गरिने बताए ।

भदौ १६ देखि १९ गतेसम्मका लागि निर्धारित १४ औँ महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद छ । संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : ५३ बजे

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक