काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले गरे ५१ औँ रक्तदान | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले गरे ५१ औँ रक्तदान

स्वास्थ्य मापदण्ड पालना गरेर रगतदान गर्न अपिल


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गरेका छन् ।

प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गरेका हुन् ।

‘क्लवको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु। यो मेरो ५१ औँ पटकको रक्तदान हो’ सोही वडाका शाक्यले भने, ‘अरुलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो । क्लवले ०४४ सालदेखि नियमित रक्तदानको आयोजना गर्दै आएको छ।’

कोभिडका बेलामा समेत रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रक्तदान गर्न प्रमुख शाक्यले अरुलाई पनि सुझाव दिए । ‘सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले रक्तदान गर्दा रगत अभाव हुन नदिइ अरुको पनि ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने ।

रक्तदान कार्यक्रममा केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गरेको डडेलधुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले पनि मेयर शाक्यसँगै रक्तदान गरे । उनले भगिनी सम्वन्ध स्थापित महानगरपालिकामा आएर मेयर शाक्यसँगै रक्तदान गर्ने अवसर प्राप्त हुँदा खुशी लागेको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४० बजे

‘नेता र सत्तामुखी मानसिकताले चुनाव जिताउन र हराउनमात्रै काम गर्छ’

पछिल्लो समय इलाम र बझाङमा भएको उपचुनाव सन्दर्भलाई लिएर विभिन्न

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।

एलओडी फेरि विश्वका उत्कृष्ट ५० क्लबभित्र

काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये