बादी परिवारको पीडा : न बस्ने ओत छ न खाने गाँस | Khabarhub Khabarhub

बादी परिवारको पीडा : न बस्ने ओत छ न खाने गाँस


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– शीतगङ्गा नगरपालिका–६ दाङसिङको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोरोले छाएको सानो झुप्रोमा बस्छन् । वर्षाका समयमा झुप्रोमा पानी चुहिएर न बस्न मिल्छ न सुत्न ।

उनका परिवारमा बस्न मात्र समस्या होइन, खानका लागि पनि अन्न छैन । उनले भने, ‘पहिले–पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेका थिए । अहिले कोरोनाले गाउँ डुल्न पनि दिँदैनन् । घरमा खाने अन्न छैन । कति दिन त जङ्गलको च्याउ र बाँसको तामा खाएर छाक टारेका छौँ ।’

श्रीमती गुमाएका उनका पाँच छोराछोरी छन् । उनी आफैँ अपाङ्गता भएका व्यक्ति हुन् । एक हात र एक खुट्टाका औला गाँसिएका छन् । उनले कसैकामा मेलापात गएर पनि काम गर्न सक्दैनन् । साना बालबालिका पाल्न पनि गाह्रो छ । घर यस्तै छ ।

गहँभरि आँशु झार्दै उनले भने, ‘परिवार कसरी पाल्ने । गाउँभर डुल्थेँ, गाउँलेले दया गरेर कसैले अन्न त कसैले पैसा दिन्थे । त्यही पैसा र अन्न घरमा लगेर छोराछोरी पालेको थिएँ । अहिले कोरोनाका कराण गाउँ हिँड्न पनि भएन । गाउँमा हिँड्न हुँदैन रोग सर्छ भन्छन् । अहिले खाने खर्चै छैन ।’

खाने खर्च नहुँदा जङ्गलमा गएर च्याउ खोजेर ल्याएर कहिले च्याउ मात्र खान्छौँ । कहिले बाँसका तामा काटेर जेनतेन छाक टारेका छौँ ।

सामान्य खालको झुप्रो, त्यो पनि पानी बलेनीमा नै नपर्ने छानो नै नभएकामा दिन बिताउन बाध्य भएका छन् । उनले भने, ‘मनभरि पीडा छ, मनमा सन्तोस छैन, न त बस्ने घर नै छ न खाने गाँस छ, हाम्रो पीडा कसले कहिले बुझिदिने ।’

‘हाम्रो पीडा सुन्ने कोही छैन, पटक–पटक झुप्रो बनाउन जस्तापाता (टिन) दिने भनेर आश्वासन दिए पनि हामीलाई अहिलेसम्म दिएनन्, गाउँमा सरकारको टिन लिएर लगाएको हामीले नै देखिरहेका छौँ । तर हामीलाई कसैले दिँदैन,’ उनले भने ।

कोभिड र गरिबीका नाममा थुप्रै राहतका प्याकेज र कार्यक्रम आए तर पनि यो परिवारलाई कसैले देखेको छैन । कसैले राहत दिएको छैन । उनीहरूको पीडा जस्ताको तस्तै छ । दाङसिङको पाखापानीकै २८ वर्षीय बोमु बादी शारीरिक हिसाबले पनि अपाङ्गता भएका व्यक्ति हुन् । उनले घरमै बसीबसी मादल बनाएर परिवारको गुजारा चलाएका थिए ।

अहिले उनी निकै पीडमा छन् । उनले भने, ‘हाम्रो त घर भन्ने भएन, बरु ठुलो रुखमुनि गएर बसे सुरक्षित हुन्छौँ जस्तो लाग्न थाल्यो, घामपानीसँग त लडेकै छौँ भोकसँग पनि लड्नुपरेको छ । धेरै दिन भयो खाना पूरा पेट खाने स्थिति छैन ।’

शीतगङ्गा–६ का वडाध्यक्ष रिसी रेश्मीले जनता आवास कार्यक्रमअन्तर्गत बादी परिवारलाई घर निर्माणसम्मको प्रक्रिया अगाडि बढाई खातासम्म खोलेको र अन्तिममा आएर काम हुन नसकेको बताए । उनले भने, ‘निकै पीडादायक स्थिति छ, हामी गम्भीर छौँ, राहत दिने गरी यो वर्ष सिफारिस गरेर काम अन्तिममा पुग्दा पनि पैसा दिन सकिएन कर्मचारीले ढिला भो काम गर्न सकिएन भन्नुभो हामी निकै विवश छौँ, यस वर्ष जसरी पनि काम समयमै गर्ने योजनामा छौँ ।’

योजना तथा कार्यक्रमको प्रक्रिया नै ढिलो गर्दा काम गर्न नसकिएको नगरपालिका प्रमुख प्रशासकीय प्रेमबहादुर केसी बताए । उनले भने, ‘असार मसान्तको अन्तिम दिनसम्म उहाँहरू खाता खोल्ने काम गर्दै हुनुहुन्थ्यो, सर्भरले काम नगर्दा अहिले काम हुन सकेन, अन्तिममा कामको पनि चाप भयो ।’

धेरैपटक गुनासो राख्दा पनि वडा र नगरपालिकाले व्यवस्था गरेको जनताको समस्याप्रति जिम्मेवार नभएको सोही वडाका समाजसेवी तथा सञ्चारकर्मी विक्रम आचार्यले बताए । उनले भने, ‘बादी समुदायका केही बस्तीको अवस्था हेर्दा निकै पीडादायी नै छ, कतिपटक भन्नु जनताको काम गर्नलाई कसले रोकेको हो, पँहुचका आधारमा मात्र काम गर्ने आवाजविहीनहरूको आवाज कहिले सुन्ने ।’

अशिक्षित गरिब, उत्पीडित समुदायका नागरिकलाई राज्यको प्रक्रिया कसरी थाहा हुन्छ वादी परिवारलाई दोष दिने ठाउँ छैन । उनीहरूलाई अहिलेसम्म पनि परिवर्तन विकासले थोरै पनि किन छुन सकेको छैन ।

ती समुदायले परम्परागतरूपमा मादल बनाएर मादल मर्मत गरेर त्यसबाट आउने आर्थिक आम्दानीले जीविकोपार्जन गर्दै आएका थिए । पछिल्लो समय कोभिड–१९ को महामारीका कारण स्थानीयरूपमा तिजको नाचगान तथा दीपावलीमा नाचिने देउसीभैली सञ्चालन नहुँदा उनीहरू अन्य पेशा व्यवसाय अँगाल्न बाध्य छन् ।

बोमु बादीले भने, ‘पहिले मादल बनाएर सिजनमा रु एक लाखदेखि एक लाख ५० हजार आम्दानी हुन्थ्यो । परिवार पाल्न सजिलो थियो । आजभोलि मादल बिक्री नै छैन मर्मत पनि आउँदिन रु १०० कमाउन पनि मुस्किल हुने गर्छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ०० बजे

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख

सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ