मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु | Khabarhub Khabarhub

मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ ।

पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो ।

प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लान्टले विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोल उत्पादन हुने छन् । रु १४ करोड ५० लाख लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५८० थान रहेको छ ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले आज परीक्षण उत्पादनको निरीक्षण गरी नियमितरुपमा पूर्णक्षमतामा पोल उत्पादन शुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए ।

उनले प्लान्टबाट पोल उत्पादन शुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे ।
आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो ।

उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्णक्षमतामा चल्ने जानकारी दिए ।

प्लान्टबाट उत्पादित पोल मुख्यरुपमा प्रदेश नं १ र र २का जिल्लामा आपूर्ति गरिने छ । प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कङ्क्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ५९ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा