विद्यार्थीका विरोध शैली : कतै तालाबन्दी र तोडफोड, कतै नाचगान | Khabarhub Khabarhub

विद्यार्थीका विरोध शैली : कतै तालाबन्दी र तोडफोड, कतै नाचगान


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका विभिन्न विश्वविद्यालयहरूमा दैनिकजसो केही न केही बितण्डा हुने गरेको छ, कतै तोडफोड त कतै तालाबन्दी ।

राजनीतिक दल निकटका विभिन्न सङ्गठनहरूमा आबद्ध विद्यार्थीहरू अनेक माग राख्दै तालाबन्दी, नाराजुलुस, धर्ना र तडफोडमा उत्रिने गरेका छन् ।

गत बुधबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूले उपकुलपति नन्दबहादुर सिंह चढ्ने गरेका बा ९ च ६४४० र बा ११ च ९३९३ नम्बरको गाडीमा तोडफोड गरे ।

विद्यार्थीहरूले एउटा गाडीमा दुई पटक र अर्कोमा एक पटक तोडफोड गरेको उपकुपति सिंहले बताए । तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप हुँदा विद्यार्थी सङ्गठनका केही विद्यार्थीहरू घाइते भए ।

उपकुलपतिको पक्षमा बोल्ने विद्यार्थीहरू पनि सङ्गठनका कार्यकर्ताहरूको निशानामा पर्ने गरेका छन् । उपकुपति सिंहले भने, ‘एउटा विद्यार्थीले मेरो पक्षमा बोलेको रहेछ त्यसलाई कुटपिट गरेर नाक नै फुटाइदिएछन् ।’

विद्यार्थीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको लेटर हेड प्रयोग गरेर ‘उपकुलपतिको मृत्यु भएको’ भन्ने विज्ञप्ति पनि आयो । यस्तो विज्ञप्ति निकाल्नेहरूको खोजी गरेर पक्राउ गर्न र मुद्दा चलाउन आफूले सम्बन्धित निकायलाई जानकारी गराएको उपकुलपति सिंहले बताए ।

उनका अनुसार केही विद्यार्थीहरूले आफू भाडामा बसेको घरमा लगातार तीन दिन ढुङ्गामुढा गरेर झ्यालहरू फुटादिए ।

पश्चिमाञ्चाल विश्वविद्यालयका विद्यार्थीहरूको १८ बुँदे मागमध्ये एउटा माग परीक्षासम्बन्धी छ । उनीहरूले भौतिक उपस्थितिमा परीक्षा दिन अस्वीकार गर्दै अनलाइन माध्यमबाट लिन माग राखेका छन् । वार्ताको लागि बारम्बार बोलाउँदा पनि विद्यार्थी सङ्गठनहरू नआएको उपकुलपति सिंहले बताए ।

बुधबार नै बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठनका विद्यार्थीहरूले तोडफोड गरे ।

क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायका अनुसार विद्यार्थीहरूको समूहले लेखा शाखा, परीक्षा शाखा र हेल्प डेस्कमा रहेका कम्प्युटर, दराज लगायत सामग्रीमा तोडफेड गरेको र करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको बताए ।

क्याम्पसको २०६६ सालको विधानअनुसार दीर्घकालीनरूपमा क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने कार्ययोजनाको काम अघि बढाउँदा विद्यार्थीहरूले विरोध गरेको र तोडफोड गरेको क्याम्पस प्रमुखको भनाइ छ ।

क्याम्पसलाई पुरानै ढर्रामा सञ्चालन गर्नुपर्छ भन्ने विद्यार्थी सङ्गठनहरू तोडफोडमा उत्रेको उनको आरोप छ ।

यता त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा पनि तालाबन्दी चलेको छ । बिहीबार केही विद्यार्थीहरूले भौतिक उपस्थितिमा परीक्षा दिन अस्वीकार गर्दै विज्ञान संकायका डीनको कार्यालयमा तालाबन्दी गरे ।

अनलाइन माध्यबाट परीक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै केही विद्यार्थीहरूले परीक्षा नियन्त्रक पुष्पराज जोशीको कार्यकक्षमा पनि तालाबन्दी गरेका थिए ।

विद्यार्थी सङ्गठन मात्र नभएर त्रिविमा तालाबन्दी गर्नेमा शिक्षकहरू छन् । उनीहरू एक साताभन्दा बढी उपकुलपतिको कार्यालय, त्रिवि सेवा आयोग लगायतका कार्यालयमा तालबन्दी गरे । आफ्ना माग पूरा गर्ने वाचा गराएर ताला खोलिदिए ।

शिक्षहरू लगाएको ताला खुल्नासाथै विद्यार्थीहरूले तालाबन्दी शुरू गरेका हुन् । कोरोना विरूद्धको खोप लगाइदिन माग गरेर पनि तालाबन्दी भएको छ ।

शिक्षक र विद्यार्थीहरूले सानो कुरामा तालाबन्दी र तोडफोड गरेर दैनिक काममा बाधा पुर्‍याउने गरेको त्रिविका एक कर्मचारीले बताए । उनका अनुसार संवादबाट समाधान गर्न सकिने मामलामा पनि तालाबन्दी र तोडफोड हुने गरेको छ ।

विरोधमा तोडफोड र तालाबन्दीमात्रै छैन, सिर्जनशीलता पनि छ । शुक्रबार काठमाडौँमा कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले साङ्गीतिक शैलीमा सडकमा विरोध प्रदर्शन गरे ।

उनीहरूले कोरोना महामारीबाट विद्यार्थीहरूले भोग्नु परेको दुःखकष्ट र कलेजले अधिक शुल्क लिएको विषयमा सरकारको ध्यानर्षण गराउन सडकमा साङ्गीतिक विरोध आयोजना गरेका हुन् । विद्यार्थीलाई कोरोना विरूद्धको खोप दिन उनीहरूको माग छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : ०० बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले