सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज | Khabarhub Khabarhub

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन २० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर(आईपीओ) आज बाँडफाँट भएको छ ।

सानिमा लाइफको कार्यालय दरबारमार्गमाआज बिहान आईपीओ बाँडफाँट भएको हो । उक्त कम्पनीको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सानिमा लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएका थियो ।

उक्त आईपीओमा २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा ६.८४ गुणाले ओभर सब्सक्राइब भएको हो ।

आवेदन दिएका मध्ये करीब २० लाखको हात खाली भएको बिक्री प्रबन्धक कार्य प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : ५९ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका