‘हिमालय रोडिज’ सुरु | Khabarhub Khabarhub

‘हिमालय रोडिज’ सुरु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एडभेञ्चर रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करण सुरु भएको छ । राजधानीमा शुक्रबार आयोजक र प्रायोजकसँग सम्झौता पत्रमा हस्ताक्षरसँगै चौथो संस्करणको प्रोमो सार्वजनिक गरियो । शोको शीर्ष प्रायोजक यामाहाले निरन्तरता दिएको छ । यो सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ राखिएको छ ।

यसअघिका तीन सिजन निर्देशन गरेका अमनप्रताप अधिकारी चौथो सिजनमा छैनन् । उनको स्थानमा सिमोस सुनुवार आएका छन् । सुनुवारले आफ्नो निर्देशनमा फ्रेञ्चाइजको फम्र्याटअनुसार सिधा परिवर्तन ल्याउन नमिलेपनि दर्शकलाई आफ्नो मेहनतमा केहि फरक स्वाद दिलाउने बताए ।

शोको डिजिटल अडिसन पनि सुरु भएको छ । कोरोना कहरपछि सुरक्षा मापदण्डको कारण भौतिक उपस्थितिमा अडिसन सञ्चालन गर्ने वातावरण नभएकोले आयोजक हिमालय टेलिभिजनले पहिलोपटक रोडिजमा डिजिटल अडिसनको सुरुवात गरेको हो ।

रोडिज सिजन ४ मा सहभागी हुन चाहनेहरुले एन्ड्रोइड मोबाइलमा रहेको ‘हिमालय रोडिज’ एप्लिकेसन डाउनलोड गरी भिडियो क्लिप पठाउनुपर्नेछ या रोडिजको आधिकारिक फेसबुक पेजबाट पनि सिधै भिडियो पठाएर सहभागिता जनाउन सक्नेछन् ।

रोडिजमा ग्याङ लिडरको रुपमा अभिनेता अनुपबिक्रम शाही, दिया मास्के, आशिष राना ’लाहुरे’, पहिलो संस्करण विजेता समन रहेका छन् भने रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् । चौथो सिजनमा डिजिटल अडिसनको समय २ सातालाई तोकिएको छ । अडिसन सकिएपछि निर्माण टिमले प्रारम्भिक छनोटबाट फिजिकल अडिसनको लागि बोलाउनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १२ : १४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट