ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सबीच सम्झौता | Khabarhub Khabarhub

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सबीच सम्झौता


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ ।

नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नाट्टाको अध्यक्ष अच्युत गुरागाईंले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तीय सेवाहरु प्रदान गर्नेछ । साथै, बैंकले नाट्टाअन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने र सहजै सञ्चालन गरी व्यवसायमा लागु गर्न पनि सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ३० बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार