बालकोटको बार्दलीबाट ओलीको रोषपूर्ण गर्जन | Khabarhub Khabarhub

बालकोटको बार्दलीबाट ओलीको रोषपूर्ण गर्जन


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिजोमात्र प्रधानमन्त्री पदबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट बालकोट पुगेर सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् ।

उनले नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको चेतावनी पनि दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज निजी निवास बालकोट पुगेका ओलीले माधव नेपालले पार्टीभित्र आत्मालोचना गर्ने कुनै ठाउँ नै नराखेको बताए ।

निजी निवासमा ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाँकी नरहेको बताए ।

उनले भने, ‘हाम्रो साथीहरू विकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ मालको अवस्था भविश्यले निर्धारण गर्ला । अरु साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’

ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा नेपालको अदालतमा भएको टिप्पणी गरे । उनले भने, ‘अदालतले प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा हाम्रो अदालतमा !’

उनले अदालतको फैसलाले नेपाली जनताको जनादेशको अपमान भएको पनि बताए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : २३ बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै