ब्राउन सुगरसहित एक पक्राउ | Khabarhub Khabarhub

ब्राउन सुगरसहित एक पक्राउ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत पिपिराका ४२ वर्षीय लीलाराम पुरीलाई प्रहरीले उनकै घर अगाडिबाट पक्राउ गरेको हो ।

पुरीलाई एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरीलाई उनकै घर अगाडि शङ्कास्पदरूपमा बसिरहेको अवस्थामा फेला पारी शरीर जाँच गर्दा दायाँ हातको मुठ्ठीभित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाइछिपाई राखेको दुई पुरिया र घर कोठासमेत खानतलासी गर्दा खाटमुनि कालो प्लाष्टिको एक पोका र सेतो झिलझिलेको अर्को पोका फेला पारी नापतौल गर्दा एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगर रहेको सूचना अधिकारी घर्तीले बताए ।

उनका अनुसार ब्राउन सुगरसहित नेपाली र भारतीय नोट गरी जम्मा रु ५० हजार ३४० नगद बरामद गरेको छ । त्यस्तै डिजिटल तराजु, एमआई कम्पनीको स्क्रिन टच मोबाइल, मल्टी कलर्ड मोबाइल लेखेको ट्याब एक/एक थान बरामद गरी पुरीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १२ : १० बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र