पाकिस्तानमाथि इंग्ल्यान्डको क्लीन स्वीप | Khabarhub Khabarhub

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लीन स्वीप


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लीन स्वीप गरेको छ ।

मंगलबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ३-० ले जितेको हो ।

पाकिस्तानले दिएको ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले शतकीय इनिङ्स खेले । पहिलो शतक बनाएका उनले १ सय २ रन बनाए ।

यस्तै लेविस ग्रेग्रोरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा जाक क्रलीले ३९ रन बनाए । फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । शादब खानले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५८ रनको शतकीय इनिङ्स खेले । मोहमद रिजवानले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा इमाम उल हकले ५६ रनको योगदान दिए ।

इंग्ल्यान्डका ब्रेडन कार्सेले ५ तथा सकिब मोहमुदले ३ विकेट लिए । अब इंग्ल्यान्ड र पाकिस्तानबीच तीन खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।

पहिलो टी-ट्वान्टी शुक्रबार राति हुनेछ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ३३ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको