सुदूरपश्चिममा ओली पक्षका ७ सांसदमाथि संसदीय दलको कारबाही | Khabarhub Khabarhub

सुदूरपश्चिममा ओली पक्षका ७ सांसदमाथि संसदीय दलको कारबाही


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा एमाले नेता माधव नेपाल पक्षले अध्यक्ष केपी ओली पक्षका सात जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ ।

नेपाल समूहको बहुमत भएको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको आरोप लगाउँदै ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । यस्तै उनीहरुले संसदीय दलको ह्वीप विपरीत सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले भने संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ४० बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर