काठमाडौँमा भोलिदेखि मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ तालिका | Khabarhub Khabarhub

काठमाडौँमा भोलिदेखि मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ तालिका


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाका धारामा अबको दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने भएको छ।

प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले असार १ गते (भोलि) देखि करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ । मेलम्चीको पानी नआउने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार काठमाडौँका धारामा २ देखि १२ दिन बिराएर पानी आउने छ ।

अहिले काठमाडौँ उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध नहुने भएकाले केयुकेएलले तालिका परिवर्तन गरेको हो ।

यो समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतहरुबाट उपलब्ध हुने खानेपानी ठाउँ हेरेर २ देखि १२ दिन बिराएर वितरण गरिने जनाएको छ ।

काठमाडौँको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने केयूकेएलले जनाएको छ ।

त्यस्तै बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन बिराएर, बालाजु क्षेत्रमा ९ दिन, कीर्तिपुर क्षेत्रमा २ दिन, सैँबु र ललितपुर क्षेत्रमा १२ दिन, भक्तपुर क्षेत्रमा ४ दिन बिराएर पानी आउने केयुकेएलले जनाएको छ ।

यस्तो छ नयाँ तालिका 

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : ०१ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव