सुर्खेत प्रकरण : ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित | Khabarhub Khabarhub

सुर्खेत प्रकरण : ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीयसँग भिडन्त गरेका सामाजिक अभियानी ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन (मापसे) गरेको प्रमाणित भएको छ ।

गत शुक्रबार राति स्थानीय गाउँलेसँग राति ९ देखि २ बजेसम्म उनीहरूले भिडन्त गरेका थिए । त्यसक्रममा घाइते भएका उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । सोही राति अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो ।

तर शाहीले आफूहरूले मद्यपान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेको सार्वजनिक भएको भिडियोमा सुन्न सकिन्छ ।

यसैबीच उक्त घटना मिलाउन आइतबार बेलुका १३ नम्बर वडा अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरीक्षक कनक शाहीसँग अभियानी शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो । बैठकमा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरूले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए ।

ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको हो । मिलापत्रपछि हिरासतमा रहेका युवाहरू छुटेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  २ : २५ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय