सुशान्त नहुँदा रोकिए १० फिल्म | Khabarhub Khabarhub

सुशान्त नहुँदा रोकिए १० फिल्म


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आज पहिलो वार्षिकी हो । कोठामा मृत भेटिएका सुशान्तको मृत्युको विषयमा गरिएको अनुसन्धानको टुंगो अझै पनि लाग्न सकेको छैन ।

बलिउडमा सुशान्तको माग उच्च थियो । फिल्मका व्यापार विश्लेषकहरु यो कुराको पुष्टि गर्छन् । निधनअघि सुशान्तलाई धेरै फिल्मबाट अफर आएको थियो । तर रोचक कुरा के छ भने सुशान्तलाई अभिनयको प्रस्ताव गरिएका १० वटा फिल्म कलाकारको अभावकै कारण निर्माण हुन सकेका छैनन् ।

उनको निधनको एकदिन अघिमात्र सुशान्त रमेश तौरानीसँग एक फिल्मको विषयमा कुराकानी गरिरहेका थिए । यो फिल्मलाई निखिल आडवाणीले निर्माण गर्ने तयारीमा थिए । सुशान्तको अभावमा एक्सन थ्रिलर यो फिल्ममा अहिले को कलाकार फाइनल भयो भन्ने केही खुलेको छैन ।

निर्देशक रुमी जाफरी पनि सुशान्तलाई लिएर एक्सन थ्रिलर फिल्म बनाउन चाहन्थे । वाशु भगनानीले निर्माण गर्ने तयारी गरिएको फिल्ममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले पनि अभिनय गर्ने कुरा थियो । तर आकस्मिक रुपमा सुशान्तको निधन भएपछि यो फिल्म पनि रोकिएको ।

उता सन्दीप सिंहले सुशान्तका साथ फिल्म ‘बन्दे मातरम’ घोषणा गरेका थिए । त्यस्तै शेखर कपूरको फिल्म ‘पानी’मा पनि सुशान्तको कुराकानी चलिरहेको थियो ।

व्यापार विश्लेषकहरुका अनुसार फिल्म ‘धोनी’को बायोपिक निर्माता कमल जैनले सुशान्त प्रमुख भूमिकामा अभिनय गराउन एक दक्षिण भारतीय फिल्मको रिमेक अधिकार किनेका थिए ।

त्यस्तै विक्रम मेहताले सुशान्तलाई फिल्म ‘राइफलमेन’मा लिने तयारी गरेका थिए । हालसम्म यो फिल्ममा अगाडिको विकासबारे केही खुलेको छैन ।

यसबाहेक कुमार मंगत पाठक अभिनेता सुशान्त र कार्तिक आर्यनलाई लिएर एक फिल्म बनाउने योजनामा थिए । तर यो फिल्म पनि हालसम्म फ्लोरमा आएको छैन ।

रसूल पुकट्टी पनि सुशान्तलाई लिएर एक प्रेमकथाको फिल्म बनाउन चाहन्थे । रसूल निकटका अनुसार हालसम्म फिल्ममा सुशान्तको स्थानमा कोही कलाकार छनोट भएका छैनन् ।

सुशान्तलाई नै लिएर आनन्द गान्धी फिल्म ‘इमरजेन्स’ बनाउन चाहन्थे । उनले यो फिल्मसँगै अन्य दुई फिल्ममा पनि सुशान्तलाई जोड्न चाहन्थे ।

व्यापार विश्लेषक अतुल मोहन सुशान्त दुई अभिनेता वरुण धवन र सिद्धार्थ मल्होत्राको ‘स्टार पावर लिग’मा रहेको दाबी गर्छन् । ‘मलाई लाग्छ सुशान्तले आफ्नो करियरमा ९ फिल्ममा अभिनय गरे । उनी निकै चुजी थिए । यी नौ फिल्ममध्ये ‘छिछोरे’ र ‘धोनी’ले सय करोड माथिको व्यापार गर्यो । उनले अभिनय गरेको फिल्म ‘पीके’ले ३ सय करोड माथिको व्यापार गर्यो । यसको श्रेय आमिर खानलाई जान्छ’, उनी भन्छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १२ : १५ बजे

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई

कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका