दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो | Khabarhub Khabarhub

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

दमकमा पिसिआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार ५१२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ । तीमध्ये महिलाको सङ्ख्या ७३२ छ ।

दमकमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५२ रहेको र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हालसम्म एक हजार १४६ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतवारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४६४ रहेको छ ।

जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या १२ हजार २४२ पुगेको छ । कोरोना सङ्क्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १२ : ०१ बजे

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न