काठमाडौँ- युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् ।
आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६:४५ बजे हुनेछ ।
आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
आज हुने तेस्रो खेलमा स्पेन र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि जितिसकेको छ ।
प्रतिक्रिया