एमाले विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई (भिडियोसहित) | Khabarhub Khabarhub

एमाले विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई (भिडियोसहित)


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरिने सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए । कार्यदलका सदस्यहरुको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिने विषयमा सहमति भएको उनले बताए ।

छलफलबारे नेता भीम रावलले भने, ‘हाम्रो पार्टीको एकता कायम राख्नका लागि गम्भीरपूर्वक छलफल गर्‍यौँ । २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि ओली र नेपालबीच कार्यदलको सदस्यको नाम तय गर्ने कुराकानी भएको छ ।’

हेरौँ भिडियो

छलफलमा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी भएका थिए ।

शुक्रबार भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरि एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यहि सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका थिए ।

हिजो बूढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा ओली र नेपालबीच झन्डै चार घन्टा वार्ता भएको थियो । त्यसअघि, ओलीले नेता नेपालसहित चार नेतालाई कारबाही स्वरुप पार्टी सदस्यबाट गरिएको निलम्बन फुकुवा गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ०४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर