आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? | Khabarhub Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २००६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १९२
१०-१९ वर्ष – ५१०
२०-२९ वर्ष – १८७५
३०-३९ वर्ष – २००६
४०-४९ वर्ष – १५१६
५०-५९ वर्ष – १२२९
६०-६९ वर्ष – ६७०
७०-७९ वर्ष – ३०९
८०-८९ वर्ष – ११७
९०-१०० वर्ष- १९
अज्ञात – २४

पछिल्लो २४ घण्टामा नेपमाल ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ३४९ संक्रमित थपिएकाहुन् । योसहित हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ०९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको