शव दाहसंस्कार गर्ने कर्मचारीलाई प्रति शव रु एक हजार भत्ता | Khabarhub Khabarhub

शव दाहसंस्कार गर्ने कर्मचारीलाई प्रति शव रु एक हजार भत्ता


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

संस्कृतिमन्त्रीमा पुनः नियुक्त ढकालले शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिड–१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन आग्रह गरे । उनले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न पनि निर्देशन दिए ।

मन्त्री ढकालले पशुपतिमा कोभिड सङ्क्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता स्वरूप प्रतिशव रु एक हजार दिइने निर्णयको फाइल सदर गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरिए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ०१ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ