सिंहदरबारमा ओली र नेपालसहितका नेताहरुबीच छलफल शुरू | Khabarhub Khabarhub

सिंहदरबारमा ओली र नेपालसहितका नेताहरुबीच छलफल शुरू


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन सिंहदरबारमा अहिले पार्टीका शीर्ष नेताहरुबीच छलफल शुरू भएको छ ।

पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरू भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा शुरू भएको छलफलमा एमालेका ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ ।

छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी नेपाल पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।

शुक्रबार भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरि एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यहि सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका हुन् । हिजो बूढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा ओली र नेपालबीच झन्डै चार घन्टा वार्ता भएको थियो । त्यसअघि, ओलीले नेता नेपालसहित चार नेतालाई कारबाही स्वरुप पार्टी सदस्यबाट गरिएको निलम्बन फुकुवा गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : २१ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।