‘माइतीघर २’का निर्देशक सुबोधको कोरोनाका कारण निधन | Khabarhub Khabarhub

‘माइतीघर २’का निर्देशक सुबोधको कोरोनाका कारण निधन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्माणको तयारीमा रहेको नेपाली फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण भारतको मुम्बईमा निधन भएको छ । अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गर्न लागेको यो फिल्ममा उनी अनुबन्धित भइसकेका थिए ।

भुवनले सामाजिक सञ्जालमा सुबोध, भुवन र अनमोल केसीको तस्वीर राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर २’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो’, उनले लेखेका छन् ।

भुवनले ‘माइतीघर २’ सुबोधको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गरेका छन् । भुवनका अनुसार फिल्मका लागि सुबोधसँग सम्झौताका सम्पूर्ण काम भइसकेको छ ।

सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् । भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइतीघर’को कथालाई निरन्तरता दिँदै ‘माइतीघर २’ बनाउन लागेका हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ५१ बजे

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी