कोरोना जितेर पूर्वरानी शाह अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

कोरोना जितेर पूर्वरानी शाह अस्पतालबाट डिस्चार्ज


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएकी शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको हो ।

उनीसँगै पूर्वराजा ज्ञानेन्द्र शाह पनि संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह भने  वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

कोरोना संक्रमणपछि अक्सिजन लेबल घटेपछि पूर्वरानी शाहलाई आईसीयूमा राखेर उपचार थालिएको थियो ।

उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ४७ बजे

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते