म्यानचेस्टर युनाईटेड लिभरपुलसँग पराजित | Khabarhub Khabarhub

म्यानचेस्टर युनाईटेड लिभरपुलसँग पराजित


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ ।

लिभरपुलले बिहीबार राति भएको खेलमा युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा सुरुवाती एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।

खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गरेपछि लिभरपुल २-१ ले अघि रह्यो । खेलको ४७ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-२ को अवस्थामा ल्याए । तर, खेलको ९० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-२ को जित दिलाए ।

जितसँगै लिभरपुलले शीर्ष चारको आशा कायम राखेको छ । लिभरपुल ३५ खेलमा ६० अंक जोडेर पाँचौं स्थानमा छ । युनाईटेड ३६ खेलमा ७० अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ३० बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू