इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजान शुरु | Khabarhub Khabarhub

इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजान शुरु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजान शुरु भएको छ ।

मंगलबार राति इस्लाम धर्मावालम्बीहरुले चन्द्रमाको दृष्यावलोकन गरी रमजान शुरु गरेका हुन् । एक महिना सम्म चल्ने रमजानको मंगलबार रातिदेखि विशेष नमाज (तराबी) र बुधबारदेखि उपवास (रोजा) बस्न शुरु भएको हो ।

मोलना शैखको अनुसार हिजरी सम्वतको १२ महिनामध्ये रमजानुल मुबारक पवित्र र एवादत (उपासना) गर्ने महिना समेत हो । रोजा बस्ने प्रत्येक मुसलमानले बिहान ३ बजेर ४४ मिनेटदेखि बेलुका ६ बजेर ४९ मिनेट सम्म रोजा बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

रमजान महिनामा दिनभरीको रोजा समाप्त गर्ने बेला मस्जिदमा गएर सामूहिक रुपमा भोजन गर्ने परम्परा छ । रोजा अवधिसम्म कुनै प्रकारको गल्त कार्य नगर्ने विश्वास लिएर रोजा बस्ने गरिन्छ ।

रोजा अवधिसम्म इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन केही नखाइ ब्रत बस्ने गर्छन् । एक महिना सम्म चल्ने रमजानमा मुस्लिमहरुले आफ्न्तको घरमा गएर मिठा प्रकार खाएर शुभकामना दिने गर्छन् ।

सामाजिक सद्भाव बढाउँदै

मुस्लिम समुदायका १० वर्ष भन्दा माथिको सबै मानिसहरु रोजा बस्ने प्रचलन रहेको जनकपुर उप–महानगरपालिका–६ स्थित रहेको अलजामे अतुल हनफियातुल गौसिया मस्जिदका मोलाना मोहमद शैख नईमले बताए ।

‘ईदको अवसरमा इस्लाम समुदायको घरमा मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने प्रचलन छ,’ उनले भने, ‘मुस्लिम समुदायका प्रत्येक व्यक्तिले एक आपसमा सद्भाव बढाउनको लागि वर्ष भरी गरेको आम्दानीबाट मिठो खानेकुराको प्रकार गरिव, असहाय र आफन्तजनलाई खुवाउने गर्छन् ।’

दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता रहेको उनले जनाए ।

‘यो महीना हाम्रो लागि निकै महत्वपूर्ण छ,’ उनले भने, ‘यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजा बसेको मानिसले कुनै प्रकारको झुट र गलत कार्य गर्दैनन् ।’

पछिल्लो केही समय यता रोजा बस्ने मानिसहरुको कमी आएको पाइएको छ । परिवर्तित समाजले गर्दा रोजा बस्ने मानिसहरुको संख्यामा कमी आएको उनले बताए ।

धर्मप्रति आस्था भएको र सत्य एवं कुरानलाई मान्ने व्यक्तिले रोजा बस्नु पर्ने उनको भनाइ छ । मुस्लिम धर्मप्रतिको आस्था र कुरानलाई मान्ने व्यक्ति रोजा नबस्नुको कुनै औचित्य नरहेको उनले औल्याए ।

नशालु पदार्थमा रोक

रोजा बसेको मानिसले रक्सी, चुरोट, खैनी, गुट्खा आदि पदार्थ खान नपाउने परम्परा रहेको धर्मगुरुहरुको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य नभएको उनले बताए ।

रोजा आत्मशुद्धिको प्रतिक रहेको जनकपुर –५ बस्ने जाकिर खानले बताए । ३० दिनका लागि गरिने रोजाका तीन पाटाहरु रहेको उनले बताए ।

शुरुको १० रातलाई ‘रकमत’भनिन्छ, जसमा अल्लाहले विशेष कृपा गर्छन् भन्ने विश्वास रहि आएको छ । ९२ किलो मिटर दुरी बराबरको यात्रा गर्दा, महिला महिनाबारिको अवस्था हुदाँ वा अन्य अवस्थामा रोजा छोड्न सकिने प्रावधान रहे पनि पछि ऋणको रुपमा रोजा राख्नुपर्ने किंवदन्ति रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : ४५ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही