बालविवाह नगर्ने बालबालिकाको प्रतिबद्धता | Khabarhub Khabarhub

बालविवाह नगर्ने बालबालिकाको प्रतिबद्धता


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा हुँदै आएको बालविवाह अन्त गर्नका लागि यहाँका अभिभावक अग्रसर भएपछि यहाँको सबैभन्दा बढी बालविवाह गर्ने वडाका रुपमा चिनिँदै आएको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका बालबालिकाले बालविवाह नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

“सबै जुटौँ बालविवाह रोकौँ” भन्ने मूल नारासहित बालविवाहविरुद्धको अभियान सफल पार्न म प्रतिबद्व छु भन्दै सुनादेवी र चौखान माध्यमिक विद्यालयमा अध्ययनरत कम्तीमा ७०० विद्यार्थीले हस्ताक्षर गर्दै आफ्नो प्रतिबद्धता जनाएका हुन् । विद्यार्थीहरुले ब्राह्मणा, डाडाँगाउँ, सेरी, सेट गाउँ हुँदै सुनादेवी माध्यमिक विद्यालयको प्राङगणसम्म विभिन्न नारासहित र्‍याली निकालेर बालविवाह नगर्ने घोषणा गर्नुका साथै बालविवाह गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

सो वडालाई २०७८ चैत मसान्तसम्म बालविवाहमुक्त गर्ने योजनासहित दिपायल सिलगढी नगरपालिकाले रणनीतिक योजना लागू गरेको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको सामुदायिक विकास केन्द्र डोटीले बालविवाह नगर्न तथा नगराउन अभिभावकसँग हस्ताक्षर अभियान सञ्चालन गरेको छ । मागी विवाहमा कमी आएको भए पनि उमेर नपुगी भागी विवाह गर्ने क्रम बढ्दै गइरहेकाले बालबालिकाबाट नै बालविवाह अन्त्यका लागि प्रतिबद्धता गर्न लगाइएको केन्द्रका शिक्षा विकास अधिकृत एकराज बडूले बताए ।

उनले भने, “बालविवाह अन्त्य गर्नका लागि बालबालिकाले प्रतिबद्धता जाहेर गरेका छन्, यो वर्षभित्र यहाँको बालविवाह अन्त हुने आशा गरेका छौँ ।” यस वडाका अभिभावकले बालविवाह नगर्ने पटक–पटक प्रतिबद्धता जाहेर गरे पनि व्यवहारमा लागू नगरेका कारण यहाँको बालविवाहको अन्त्य हुन नसकेका अहिले बालबालिकाले नै बालविवाह अन्त्का लागि प्रतिबद्धता जाहेर गरेको गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला संयोजक रञ्जित चौधरीले बताए ।

बालविवाह अन्त्यका लागि अहिले बालबालिकाले ऐक्यबद्धता जनाएकाले आफूहरुलाई पनि थप कार्य गर्न हौसला मिलेको र आगामी दिनमा पनि सबैको साथ सहयोग पाउनेमा आफूहरु आशावादी रहेको उनले जानकारी दिए । महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक अन्धविश्वास कायमै रहेका कारण उक्त वडामा हुने बालविवाह अन्त्य हुन नसकेको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

उनले भने, “धर्मका नाममा हुने अधिकांश विकृति हटाउनु जरुरी भएको छ, सानैमा छोरीको विवाह गरे पुण्य पाइन्छ भन्ने अन्धविश्वास हटाउन हामीलाई चुनौती भएको छ ।”

यस वडामा कायमै रहेको बालविवाह अन्त्यका लागि गुड नेवर्स इन्टरनेशनल नेपाल, सामुदायिक विकास केन्द्र डोटी, स्थानीय निकाय, बालबालिका तथा स्थानीय बाल क्लबलगायत सक्रिय रहेपनि अन्त्य हुनसकेको छैन् । यहाँको बालविवाह रोक्नमा अभिभावक जिम्मेवार तथा बालबालिका आफैँ सजग बन्नुपर्ने दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी वडा सदस्य सरस्वती साउदले बताए ।

उनले भने, “संस्थाले चाहेर मात्रै बालविवाह अन्त्य हुने अवस्था छैन, अब अभिभावक र बालवालिकाले आफैँ बालविवाह अन्त्यका लागि अग्रसर हुनुपर्ने बेला आएको छ ।” वडा सदस्य साउदका अनुसार उक्त वडामा सानै उमेरमा बालविवाह गरिएका कारण दर्जनौँले अकालमै ज्यान गमाइसकेका छन् भने कयौँको ज्यान जोखिममा परिसकेको छ ।

विगतदेखि डोटीलगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडी प्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त प्रथाको अन्त लागि काम गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष सिद्धराज शर्माले जानकारी दिए । जिल्लाका विभिन्न समुदाय तथा जात जातिमा छोरीहरुको १७/१८ वर्षकै उमेरमा विवाह गरी दिने चलन कायम रहेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बालविवाह लुकिछिपी प्रसस्तै हुने गरेको भए पनि गएको दुई आर्थिक वर्षमा चारवटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तिमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भएपनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताए ।

उनका अनुसार २० वर्ष नपुगी गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने, गराउनेलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था गरेको भए पनि मुद्दा दर्ता नहुने गरेका कारण उक्त बालविवाहले प्रश्रय पाएको हो । रासस

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १ : ४७ बजे

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको