आवरणको क्यालेण्डरमा सुन्दरीहरु | Khabarhub Khabarhub

आवरणको क्यालेण्डरमा सुन्दरीहरु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दरबारमार्गमा रहेको आवरण स्किन एण्ड हेयर क्लिनिकले नयाँ वर्ष २०७८ सालको अवसर पारेर विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता सुन्दरीलाई फिचर्ड गरिएको क्यालेण्डर सार्वजनिक गरेको छ ।

दरबारमार्गस्थित क्लिनिकमै आयोजित एक कार्यक्रममा मंगलबार साँझ ‘मिस नेपाल वर्ल्ड–२०२१’ सुप्रिया श्रेष्ठ, आवरण स्किन एण्ड हेयर क्लिनिकका सञ्चालक डा.रुपक घिमिरे, कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई, सञ्चारकर्मी अरुणा भट्टराई तथा मनोविद प्रज्ञा सुवेदीले क्यालेन्डर सार्वजनिक गरे ।

क्यालेण्डरमा ‘मिस नेपाल अर्थ–२०२१ सुप्रिया श्रेष्ठ, ‘फेस अफ नेपाल २०२०’ की विजेता स्मृति नेपाल, नसिफा श्रेष्ठ, ‘मिस सुप्रानेशनल नेपाल २०१८’ महिमा सिंहसहित मोडलहरु सिमरन मल्ल, अनिता थापा, अञ्जना बराइली तथा आशिष न्यौपाने अँटाएका छन् ।

अनिता तथा आशिष फेस अफ आवरण अनलाइन कन्टेष्टका विजेता हुन् । आवरण स्किन एण्ड हेयर क्लिनिकले लामो समयदेखि स्किन क्लिनिक, हेयर क्लिनिक, प्लाष्टिक सर्जरी, लेजर क्लिनिक आदि क्षेत्रमा विशेषज्ञ सेवा दिइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : १५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले