कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड | Khabarhub Khabarhub

कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन ।

बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको भाइरस सङ्क्रमणको जोखिमका बाबजुद कालीगण्डकी नदीका विभिन्न किनारमा स्नान गर्नेको घुइँचो बढेको हो ।

आजको दिन विशेष मेला लाग्ने पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी तथा पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध सेतीवेणीधाम तथा जैमिनीघाट, पूर्तिघाट, नयाँपुल, गोपाङघाट, राजाको बगर, गलेश्वरधाम, मिलनचोक, वारीवेनी, खनियाघाटलगायतका स्थानमा स्थानीयवासीको बिहानैदेखि बाक्लो सहभागिता देखिएको छ ।

गत वर्ष कोरोनाका कारण रोकिएका छिमेकी जिल्ला स्याङ्जा, कास्की, तनहुँलगायतका जिल्लाबाट आउने भक्तालु यस वर्ष भने हिजैदेखि आएर बास बसेर बिहानैदेखि स्नान गर्न थालेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ३० बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको