भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ८५ हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ८५ हजार संक्रमित


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ८५ हजार २४८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि गत (आइतबार) चैत्र ३० मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ६९ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २३ लाख ३२ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १३ लाख ६६ हजार ५१८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०२६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ४५ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति