फौजदारी कानून संशोधन गर्न महान्यायाधिवक्ताको कार्यालयले दियो सुझाव | Khabarhub Khabarhub

फौजदारी कानून संशोधन गर्न महान्यायाधिवक्ताको कार्यालयले दियो सुझाव


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ताको कार्यालयले मुलुकी संहितालगायतका फौजदारी कानून संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।

राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा कानून समायानुकूल र एकआपसमा संगति कायम हुने गरी संशोधन गर्न आवश्यक रहेको उल्लेख छ ।

सर्वोच्च अदालतबाट प्रतिपादन भएका सिद्धान्त र आदेशको कार्यान्वयनका लागि सम्बन्धित निकाय गम्भीरतापूर्वक अग्रसर नभएको आरोप महान्यायाधिवक्ताको कार्यालयको छ ।

सरकारी वकिलको सेवालाई व्यावसायिक बनाउन र कार्यमा प्रभावकारिता ल्याउन आवश्यक कानुन निर्माण गर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अभियोजन प्रशिक्षण केन्द्रलाई पर्याप्त स्रोत, साधन र जनशक्तिको व्यवस्था गरी सरकारी वकिल तथा कर्मचारीलाई निरन्तर अभिमुखीकरण गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले औँल्याएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सरकारविरुद्ध ९ हजार ९ सय ३८ रिट निवेदन दर्ता भएको प्रतिवेदनले औँल्याएको छ ।

यस्तै ६ हजार ९ सय ७ अन्य निवेदन पनि दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्चमा बहस पैरवी र प्रतिरक्षा गरिएका १४ हजार २ सय ३६ मुद्धाहरुमा ३ हजार १३ थान फछ्र्यौट भएको छ भने ३७ दशमलब ४० प्रतिशत मुद्दा खारेज भएको छ ।

यस्तै उच्च सरकारी वकिल कार्यालयहरुबाट बहस पैरवी र प्रतिरक्षा गरिएका २२ हजार १ सय ५९ थान मुद्धामा १२ हजार २ सय ८० थान फछ्र्यौट भएको छ ।

यस्तै ५३ दशमलब ०५ प्रतिशत थान मुद्धा खारेज भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै विशेष सरकारी वकिल कार्यालय काठमाडौबाट ६ हजार ३ सय ८५ र जिल्ला सरकारी वकीलको कार्यालबाट ५४ हजार २० थान मुद्दा बहस पैरवी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : १४ बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा