लागुऔषध कारोबारमा संलग्न ९ पक्राउ (भिडियोसहित) | Khabarhub Khabarhub

लागुऔषध कारोबारमा संलग्न ९ पक्राउ (भिडियोसहित)


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध नियन्त्रण व्यूरोले विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ २१ देखि माघ २६ गते सम्म गरिएको कारबाहीका क्रममा लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुबाट लागूऔषध एम्फटामाईन २२२ ग्राम सहित र नियन्त्रित लागुऔषध २४७० एम्पल बरामद गरिएको व्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरीले जानकारी दिए ।

हेरौँ भिडियो

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउपालिका २ का ३८ वर्षीय चिज कुमार गरुङ, रौतहटको मौलापुर ९ का २८ वर्षीय दुखाकुमार यादव सुनसहरी इनरुवा नगरपालिका ६ का ३५ वर्षीय  गोपाल निरौला, सिन्धुपाल्चोक नगरपालिका ११ का २३ वर्षीय मानबहादुर तामाङ, भारत बिहारका ३० वर्षीय गोविन्द पोद्धार, काभ्रेको नमोबुद्ध नगरपालिका ८ का सुवास श्रेष्ठ लगायत रहेको उनले बताए ।

प्रक्राउ परेका व्यक्तिहरुको आवश्यक अनुसन्धान कार्य अघि बढाएको उनले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र