सिरिज भर्सनमा ‘मिष्टर एण्ड मिसेस स्मिथ’ | Khabarhub Khabarhub

सिरिज भर्सनमा ‘मिष्टर एण्ड मिसेस स्मिथ’


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोली अभिनित सन् २००५ को फिल्म ‘मिष्टर एण्ड मिसेस स्मीथ’को रिमेक हुने भएको छ । सिरिजका रुपमा निर्माण हुन लागेको यो फिल्म आगामी वर्ष अमेजन प्राइममा रिलिज हुनेछ ।

रिमेक भर्सनमा अभिनेता डोनाल्ड ग्लोभर र अभिनेत्री फोइबी वालर–ब्रिजले प्रमुख भूमिका निभाउनेछन् । यो सिरिजमा ‘फ्लिब्याग’ स्टार वालर–ब्रिज र ‘एटलान्टा’ स्टार ग्लोभर कार्यकारी निर्माता पनि रहनेछन् ।

अमजेन स्टुडियोका प्रमुख जेनिफर साल्केले महत्वाकांक्षी यो सिरिजको लागि अहिले छलफल भइरहेको बताए । ‘डोनाल्ड र फोइबी अहिलेको विश्वमा प्रतिभावान कलाकार हुन् । त्यहीकारण हामीले उनीहरुलाई सिरिजमा लिएका हौं’, उनले भनेका छन् ।

बीबीसी थ्री सिरिज ‘फ्लिब्याग’का लागि वालर–ब्रिज र टेलिभिजन कमेडी ड्रामा ‘अटलान्टा’का लागि ग्लोभरले धेरै अवार्ड जितिसकेका छन् । गायकसमेत रहेका ग्लोभरले धेरै सांगीतिक अवार्ड पोल्टामा पारिसकेका छन् ।

फिल्म ‘मिष्टर एण्ड मिसेस स्मिथ’ रिलिजको समयमा यसले मिश्रित प्रतिक्रिया पाएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ११ : २० बजे

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब