मुखमा 'कालो मास्क' र निधारमा 'कालो पट्टी' बाँधेर संसद विघटनको विरोध (भिडियोसहित) | Khabarhub Khabarhub

मुखमा ‘कालो मास्क’ र निधारमा ‘कालो पट्टी’ बाँधेर संसद विघटनको विरोध (भिडियोसहित)


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भ्रातृसंगठन विद्यार्थी संघले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघले काठमडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।

युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरैचोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : ४१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम