सर्वोच्चमा विचाराधीन मुद्दामा पार्टीले कुनै दबाब दिँदैन : सभापति देउवा | Khabarhub Khabarhub

सर्वोच्चमा विचाराधीन मुद्दामा पार्टीले कुनै दबाब दिँदैन : सभापति देउवा


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कुनै किसिमको दबाब नदिने बताएका छन् ।

देउवाले पर्वतमा आयोजित हरिदत्त तिवारीको १८औं स्मृति सभामा सम्बोधन गर्दै कांग्रेसले स्वतन्त्र न्यायपालिकाको मान्यता बोकेकाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई दबाब नदिने बताएका हुन् ।

उनले भने, ‘कांग्रेस न्यायपालिका स्वतन्त्र भएको चाहन्छ । न्यायपालिकामा हस्तक्षेप गर्नहुँदैन । पार्टीले सर्वोच्चलाई विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन । अदालतले नियम, कानुन र ऐन हेर्छ ।’

त्यस्तै, देउवाले प्रधानमन्त्री केपाी शर्मा ओलीले वैशाखमा निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन नगरेको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गर्दैनन्, निवार्चन गराउन प्रतिनिधिसभा विघटन गरेका होइनन् ।’ उनले कार्यकर्ता एक भएर बलियो पार्टी निर्माण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : १४ बजे

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन