परराष्ट्रमन्त्री ज्ञवालीले भोलि समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीले भोलि समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन आज अपराह्न नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोलि समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने भएका छन् ।

भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ । मन्त्री ज्ञवालीले सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् ।

आज दिल्ली पुगेका उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गरेका थिए । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ९ : ०७ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्