चुनावमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

चुनावमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिएका छन् ।

विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार निर्वाचन गर्नेबारे छलफल भएको हो । छलफलमा क्रममा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका थिए ।

उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफूहरु नै भएको स्पष्ट पारेका थिए ।

बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा जनलहर बढेको बारेमा समेत मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले ओलीलासँग  ब्रिफिङ गरेको उनले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी लिएका थिए ।

नेम्वाङले सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश नगरेको र अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै नटुंगिएको विषयमा जानकारी गराएका थिए ।

अनौपचारिक छलफल भनिएकाले आज कुनै निर्णय नभएको उनले बताए ।

गत पुस ५ मा संसद् विघटनसँगै नेकपालका दुवै पक्षले आ-आफ्ना गतिविधिलाई तीव्र पार्दै आएका छन् ।

नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सडक संघर्षलाई निरन्तरता दिँदै आएको छ भने ओली समूहले चुनाव तोकिएकै समयमा हुने बताउँदै जिल्लाव्यापी प्रशिक्षण तथा भेलाका कार्यक्रमलाई तीव्रता दिँदै आएको छ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ७ : ३३ बजे

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी