नेता बाँस्तोला पक्राउको विरोधमा विप्लव समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक | Khabarhub Khabarhub

नेता बाँस्तोला पक्राउको विरोधमा विप्लव समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायत नेता तथा कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

बुधबार प्रहरीले ललितपुरको गिम्दीबाट नेता बाँस्तोलासहित ३ जनालाई पक्राउ गरेको थियो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १० मा नेपाल बन्द गर्ने जनाएको छ ।

यसैगरी माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मशाल जुलुस गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ६ : १२ बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन