गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने | Khabarhub Khabarhub

गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताए ।

भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उनले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने संरचनालाई भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिए ।

“भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहले मापदण्ड बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भने, “परम्परागतशैलीमा बनाइएका भौतिक पूर्वाधारलाई क्रमशः विस्थापित गर्दै लग्नुपर्छ ।”

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार एकाइ ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको जानकारी दिदैं विपद्का बेला तत्काल उद्धारकार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोतसाधनसहित रेस्क्यु युनिट खडा गर्न लागिएको बताए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आवश्यक स्रोतसाधनले भ्याएसम्म पर्वतमा उद्धार कार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउँदै कुनै पनि ठाउँमा घटना हुने वित्तिकै वा हुने सम्भावना देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सबैमा आग्रह गरे ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले अहिले स्थानीय तहमा भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउँदै प्राविधिकले गरेको नक्शापासबिना कुनै पनि संरचना नबनाउन तथा बनाउन नदिनका लागि जनप्रतिनिधिहरु जिम्मेवार हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लामा ०७२ सालपछिको भूकम्पका कारण भत्किएका विद्यालयका संरचनाको पुनःनिर्माण प्रभावकारी रुपमा अघि बढेको बताउँदै पछिल्लो समय निर्माण भएका सबै संरचना पूर्णरुपमा भूकम्पप्रतिरोधी भएको जानकारी दिए ।

सो अवसरमा सशस्त्र प्रहरी बलको चण्डिका गणका प्रहरीले भूकम्प र भूकम्पपछिको उद्धारकार्यको नमूना प्रदर्शन (डेमोस्ट्रेसन) गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  २ : ११ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल