कतारमा रहेका सबै व्यक्तिलाई कोरोनाविरूद्धको खोप लगाउने प्रक्रिया सुरू | Khabarhub Khabarhub

कतारमा रहेका सबै व्यक्तिलाई कोरोनाविरूद्धको खोप लगाउने प्रक्रिया सुरू


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले आफ्नो देशमा रहेका सबै व्यक्तिलाई कोभिड- १९ को भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भएको छ ।

त्यसका लागि हेल्थ कार्ड अर्थात् मेडिकल इन्सुरेन्स नभएका व्यक्तिहरूलाई पनि नाम दर्ता गर्न आग्रह गरिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका खोप प्रमुख डा. सोहा अल बायतका अनुसार हेल्थ कार्ड नभएकाहरुलाई पनि तोकिएको हेल्थ सेन्टरहरूमा गई भ्याक्सिन लगाउनका लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरेका छन् ।

भाइरसबाट सबै समुदायलाई बचाउन खोप लिन प्रोत्साहित गरिएको डा.अल बायतलाई उद्धृत गर्दै पेनिन्सुला अनलाइनले जनाएको छ ।

कोरोना खोप कतार विश्वविद्यालय स्वास्थ्य केन्द्र, अल वाब स्वास्थ्य केन्द्र, अल खोर स्वास्थ्य केन्द्र, अल वाजबा स्वास्थ्य केन्द्र, लेबाब स्वास्थ्य केन्द्र, अल रूवाईस स्वास्थ्य केन्द्रमा उपलब्ध रहेको जनाएको छ ।

यसैगरी उम सलाल स्वास्थ्य केन्द्र, रावदत अल खाइल स्वास्थ्य केन्द्र, अल थुमा स्वास्थ्य केन्द्र र मुइथर स्वास्थ्य केन्द्रहरूबाट खोप लिन सकिने जनाएको छ ।

नाम दर्ता गराएका व्यक्तिहरुलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचीत गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १२ : १५ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।