शे-फोक्सुण्डो निकुञ्जमा मासु र भरुवा बन्दुकसहित एक पक्राउ | Khabarhub Khabarhub

शे-फोक्सुण्डो निकुञ्जमा मासु र भरुवा बन्दुकसहित एक पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा मासु र भरुवा बन्दुक सहित एक पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रमाबाट गत पुस २७ गते रातिको समयमा पक्राउ गरेको हो ।

स्थानीयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ बस्ने लक्ष्मीचन्द्र शाही रहेका छन् । निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा), १९ वटा गोली,बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।

निजलाई हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बढाइएको निकुञ्जले जनाएको छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, इन्सास राईफलका गोलीहरु पनि बरामद गरिएको थियो ।

भौगोलक कठिनाई, विशाल भुगोल,न्यून जनशक्ति र अत्याधिक चिसोका बावजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ ।
पछिल्लो समयमा वन-जंगल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणको लागि निकुञ्जले स्थानीय जनताहरुसंग समन्वयकारी भूमिकालाई प्राथमिकता दिएको छ

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : ३९ बजे

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको