हृदयेश त्रिपाठीले भोलि नयाँ राजनीतिक दल घोषणा गर्ने | Khabarhub Khabarhub

हृदयेश त्रिपाठीले भोलि नयाँ राजनीतिक दल घोषणा गर्ने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र राजनीतिक समूह बनाएका सांसद हृदयेश त्रिपाठीले मंगलबार नयाँ दल घोषणा गर्ने भएका छन्। मंगलबार साढे १० बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दल घोषणा कार्यक्रम राखिएको त्रिपाठीले जानकारी दिए ।

उनले भने, ‘भोलि नयाँ राजनीतिक दल घोषणा गर्दैछु । दल घोषणा गर्दा दस्तावेज पनि सार्वजनिक हुनेछ। दस्तावेजले बोल्ने छ, कस्तो पार्टी हुनेछ भन्ने ।’

तत्कालनी तमलोपमा रहेका त्रिपाठीले २०७४ को चुनाव अगाडि सो पार्टी त्यागेका थिए । त्यसपछि उनी नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट कपिलवस्तुबाट चुनाव लडेका थिए र विजयी पनि भएका थिए ।

एमालेकै चुनाव चिन्हमा चुनाव जितेका त्रिपाठी एमालेमै सामेल हुने चर्चासमेत भएको थियो। तर, उनले आफ्नै नेतृत्वमा नयाँ दल स्थापना गर्न लागेका हुन्

त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन तमलोपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाई एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिना स्वास्थ्य तथा जनसंख्या र सामान्य प्रशासनमन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ०९ बजे

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा