कतारका विदेशमन्त्री अफगानिस्तानमा | Khabarhub Khabarhub

कतारका विदेशमन्त्री अफगानिस्तानमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिबान सरकार घोषणा भएको केही दिनपछि कतारका विदेशमन्त्री काबलु पुगेका छन् । कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानी काबुल पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काबुलमा कतारका विदेशमन्त्रीले तालिबान सरकरका प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्द, पूर्वराष्ट्रपति हमिद कारजाईलगायतका नेताहरुसँग भेटवार्ता गरेको अफगानी सञ्चार माध्यमहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

कतारी विदेशमीको प्रतिनिधिमण्डल अफगानिस्तानमा तालिबानको कब्जापछि कुनै काबुल पुग्ने कुनै उच्चस्तरीय प्रतिनिधिमण्डल हो । कतारी विदेशमन्त्री र अफगानी प्रधानमन्त्रीबीच वार्तापछि एक वक्तव्यसमेत जारी गरिएको छ । बीबीसीका अनुसार कतारले अफगानिस्तानको विकासमा सहयोग गर्ने र अन्तर्राष्ट्रिय समूदायसँग पनि परामर्श गर्ने जनाएको छ ।

कतारले अमेरिका र तालिबानबीचको वार्तामा मध्यस्थता गर्दै आएको छ । तालिबानले कतारमा राजनीतिक कार्यालय स्थापना गरेर अमेरिकासँग वार्ता गरेको थियो । अफगानिस्तानमा तालिबानको कब्जापछि अफगानिस्तानबाट उद्धार गरिएका हजारौं विदेशी नागरिक हाल

कतारमा छन् । उनीहरु त्यहाँबाट आ आफ्नो मुलुक जाने छन् ।
काबुल पुग्नु अघि कतारका विदेशमन्त्रीले पाकिस्तान पनि भ्रमण गरेका थिए । अफगानिस्तान मामिलामा कतार एक महत्वपूर्ण राष्ट्र हो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ०८ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा