हलेसी मन्दिर चार महिनापछि खुल्यो | Khabarhub Khabarhub

हलेसी मन्दिर चार महिनापछि खुल्यो


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- कोभिड-१९ को दोस्रो लहरले चार महिना बन्द भएको खोटाङको हलेसी मन्दिर खुला भएको छ ।

जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार सोमबार बिहान हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो ।

यसअघि १५ वैशाखदेखि हलेसीमन्दिरसँगै गुफा बन्द गरिएको थियो ।  कोभिडसम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी मन्दिर खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

हलेसी महादेव मन्दिरमा भीडभाड हुन नदिन र दर्शनार्थीलाई दर्शन गर्ने उपयुक्त व्यवस्थापनमा हलेसी मन्दिर व्यवस्थापन समिति, हलेसी महादेवस्थान विकास समिति र नगरपालिकाले सहकार्य गर्ने छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ०२ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार